सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुर- मकवानपुरको थाहा नगरपालिका कुन्छालमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
असोज २० गते शनिबार बिहान ४:३० बजे थाहा नगरपालिका वडा नम्बर ११ कुन्छालस्थित त्रिभुवनराजपथ सडक खण्डमा बिरगजं तर्फ बाट काठमाडौँतर्फ जाँदै गरेको ना.६ ख ३९८७ नम्बरको कन्टेनर गाडि मोडमा आफै अनियन्त्रित भई सडक बाट ५० मिटर तल खसी दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा कन्टेनर चालक नुवाकोट बेलकोट नगरपालिका ५ बस्ने ४२ वर्षीय दिप श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनाको सम्बन्धमा कानुनी प्रकृया पूरा गरेर थप अनुसन्धान भइरहेको बताइएको छ । दुर्घटना भएको कन्टेनर घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया