सुर्खेत र कालिकोटमा अक्सिजन प्लान्ट निर्माण गर्ने प्रदेश सरकारको निर्णय
रिफिलिङ सिस्टमसहितको प्लान्ट बनाउन दुई करोड बजेट

काठमाडौँ : कर्णाली प्रदेश सरकारले सुर्खेत र कालिकोटमा अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । कोभिड महामारीका कारण अक्सिजनको माग बढेका बेला आपूर्ति सहज बनाउन भन्दै सुर्खेत र कालिकोटमा रिफिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट निर्माण गर्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालय समेत सम्हालेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रस्ताव गरेको अक्सिजन प्लान्ट निर्माणका लागि दुई करोड बजेट तत्कालै उपलब्ध गराउने निर्णय मंगलबारको मन्त्रिपरिषद बैठकले गरेको छ । यसका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई एक करोड २० लाख र स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई ८० लाख रुपैयाँ बजेट उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवं आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीता नेपालीले रिफिलिङ सिस्टमसहितको अक्सिजन प्लान्ट निर्माणका लागि तत्कालै काम अघि बढाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको जानकारी दिइन् ।
यस्तै बैठकले कोभिड १९ महामारी रोकथामका लागि रोकिएको बजेट भुक्तानी गर्ने, स्वयंमसेवक परिचालन गर्ने, खाद्यान्न खरिद र अनुदानका लागि स्थानीय तहलाई रकम भुक्तानी गर्ने, कोभिड महामारीमा खटिएका स्वास्थयकर्मीको करार अवधि असार मसान्तसम्म लैजाने लगायतका निर्णय पनि गरेको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया