बलात्कारपछि हत्या गरेको आरोपमा अभियुक्तलाई थुनामा

मकवानपुर- हेटौंडामा २० वर्षअघि बलात्कारपछि हत्या गरेको आरोपमा एक जना अभियुक्तलाई थुनामा पठाइएको छ ।
५ वर्षीया बालिकालाई ललाईफकाई बलात्कार गरी हत्या गरेर फरार रहेको ४५ वर्षीय सोमबहादुर राईलाई पक्राउपछि अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
मकवानपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले बुधबार राईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । राईले २०६० असोज १८ मा ‘चकलेट दिन्छु’ भनेर ५ वर्षीया बालिकालाई फकाएर बलात्कार पछि हत्या गरेर हेटौंडा–१० स्थित राप्ती खोलाको बगरमा ढुंगाको चेपमा शव फ्याकेर फरार भएको मकवानपुर प्रहरीको अनुसन्धानमा खुलेको थियो ।
जिल्ला प्रहरीको कार्यालयको अनुसन्धानमा राईले बालिकाको बलात्कार गरि हत्या गरेको प्रतिवेदन अदालतलाई बुझाएको थियो । २० वर्षदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र वागमती प्रदेश प्रहरीको संयुक्त टोलिले गत साउन १३ गते ललितपुरको गोदावारी नगरपालिका –१४ ठैबबाट पक्राउ गरेको थियो । उनले प्रकाउ पछि प्रहरी समक्ष बालिकाको बलात्कार गरि हत्या गरेको बयान दिएका थिए ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया