बागमतीमा ३ दिनमा साढे १३ हजार पशुलाई खोप

मकवानपुर । लम्पी स्किन रोगले प्रकोपको रुप लिएपछि सुरु गरिएको सप्ताहव्यापी खोप अभियान अन्तर्गत ३ दिनमा १३ हजार पशुलाई खोप लगाइएको छ ।
५० हजार पशुलाई खोप लगाउने लक्ष्यका साथ खोप अभियान बिहीबारबाट सुरु गरिएको थियो ।
प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार साताव्यापी खोप अभियान अन्तर्गत बिहीबार, शुक्रबार र शनिबार तीन दिनमा १३ हजार ५ सय १६ पशुलाई लम्पी स्कीन रोगविरुद्ध खोप लगाइएको हो । आज आइतबारको तथ्यांक प्रदेशको जिल्लाहरूबाट प्राप्त हुन बाँकी रहेको अधिकारीले बताए ।
अभियानको पहिलो दिन ४ हजार ४ सय ६७ लाई खोप लगाइएको थियो । दोस्रो दिन ४ हजार ६ सय ९४ पशुलाई र तेस्रो दिन ४ हजार ३ सय ३३ पशुलाई लम्पी स्कीनविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारीले बताए ।
उक्त अभियानअन्तरगत पछिल्लो तीन दिनमा सबैभन्दा बढी चितवनका पशुलाई खोप लगाइएको छ । त्यहाँ २ हजार ४ सय ८८ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको मन्त्रालयका सूचना अधिकारीले बताए ।
यसैगरी, मकवानपुरका २ हजार ४४, काभ्रेका १ हजार ५ सय २२, सिन्धुलीका १ हजार १९८, धादिङका १ हजार ५५, काठमाडौंका १ हजार ४२, नुवाकोटका ९९८, रामेछमपका ९८२, सिन्धुपाल्चोक ८५६, रसुवा ५८३, भक्तपुर ५५४, ललितपुरका १७ र दोलखाका ८३ पशुमा लम्पी स्कीन रोगविरुद्धको खोप लगाइएको हो ।
अभियान आगामी साउन ३२ गतेसम्म संचालन हुने छ । एक पटक खोप लगाईएको गाई भैंसी वा चौरीलाई एक वर्षसम्म लम्पी स्किन रोग विरुद्ध काम गर्छ । यो खोप बिरामी पशुलाई लगाउन नहुने र स्वस्थ्य पशुमा मात्रै लगाउन हुने पशु स्वास्थकर्मीले जनाएका छन् ।
हाल प्रदेशको सबै जिल्लामा गरी २ लाख ४ हजार ९८८ पशु लम्पी स्किनबाट प्रभावित छन् । जसमा १ लाख १० हजार ४४० पशु सक्रिय संक्रमित छन् । हालसम्म ६ हजार २९१ वटा पशुको मृत्यु भइसकेको छ । प्रकोप फैलिएसँगै १ लाख ३२ हजार ९ सय पशुलाई खोप लगाइसकिएको छ ।
यो खोप लगाएबापत किसानले पैसा तिर्नु पर्दैन । यो खोप लगाइएपछि गाई भैंसी वा चौंरीलाई एक वर्षसम्म एन्टिभाइरसको रुपमा काम गर्ने मन्त्रालयका पशु विकास अधिकृत निशान्त शर्माले बताए ।
लम्पी स्किन यो रोगका कारण सामन्यतया १० देखि २० प्रतिशत पशुहरु बिरामी हुने र करिब ५ प्रतिशतसम्म मृत्युदर देखिन सक्ने उनले बताए । खास उपचार नभएको र लम्पी स्किनको कारण धेरै संख्यामा गाई/भैंसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आएको मन्त्रालयले जनाएको छ ।
लम्पी स्कीन विरुद्धको खोप अभियान मार्फत प्रदेश भरी लम्पी स्किन न्यूनीकरणका लागि जनचेतना फैलाउने काम पनिसँगै गरिने सचिव शरण पाण्डेले बताए । अभियान कार्यक्रम प्रत्येक जिल्लाहरुमा स्थानीय तहहरुको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप कार्य सञ्चालन भइरहेको छ ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया