आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

माण्डु हाईड्रोपावरमा पुरुषको शव भेटियो

सांकेतिक तस्बिर

मकवानपुर- मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका-८ माण्डुमा रहेको माण्डु हाईड्रोपावरमा पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार शवको पहिचान खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गएको कार्कीले बताए ।

गत साउन २१ गते पनि सोही हाईड्रोपावरमा अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको थियो । प्रहरीका अनुसार ती किशोरीको अझै पहिचान खुलेको छैन ।