मकवानपुरमा पहिरो : एकै परिवारका ६ बेपत्ता, एकको मृत्यु

हेटौंडा- मकवानपुरमा पहिरोमा परेर ७ जना बेपत्तामध्ये एक जनाको भएको छ । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामा पहिरोमा परेर एक जनाको मृत्यु भएको हो भने ६ जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अक्कल बहादुर स्याङ्तानको परिवारलाई पहिरोले बगाउँदै ६ जना बेपत्ता भएका हु्न् । उनीहरूको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएका छन् ।
पहिरोमा बागमती गाउँपालिका-५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्यांतान, उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका-१ कोकटीका अन्धाजी १६/१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् ।
पहिरोमा अक्कलकी श्रीमती ५५ वर्षकी सन्तमाया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया