उच्च अदालत पाटन हेटौंडा इजलासमा सबैभन्दा धेरै लागूऔषधका मुद्दा

मकवानपुर- उच्च अदालत पाटन हेटौंडा इजलासमा गत आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा लागूऔषध ओसारपसारबारे दायर भएका छन् । गत आर्थिक वर्षमा २८९ वटा मुद्दा लागूऔषधको बारेमा परेको अदालतका शाखा अधिकृत केशव कौशिकले बताए ।
अदालतले गएको १ वर्षमा १ हजार ३१२ वटा मुद्दा फैसला गरेको छ । यो बीचमा जम्मा ७ थान मुद्दामात्रै मेलमिलापबाट अन्तिम टुङ्गोमा पुगेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका र जिम्मेवारी सरेर आएका समेत गरेर १ हजार ३ सय १२ वटा मुद्दा फैसला गरेको अदालतले जनाएको हो । अदालतमा दायर भएका मुद्दा मध्ये सबैभन्दा कम तथ्याङ्कको रुपमा राहदानीबारेमा र विदेशी विनिमयबारे १÷१ वटा मुद्दा रहेका छन् ।
गत आर्थिक वर्षमा मेलमिलापबाट फैसला हुन सक्ने ६७ थान मुद्दा अदालतले फिर्ता गरेको भए पनि ७ वटा मात्रै किनारा लागेका छन् । २ वटा प्रक्रियामा रहेको र अरु ५८ वटा फेरि अदालतमै आएको न्यायाधीश राजेश्वर तिवारीले बताए । आर्थिक वर्ष ०७८/०७९ बाट जिम्मेवारी सारिएका ५ सय ४५ र गत आर्थिक वर्ष ०७९/०८० मा दर्ता भएका समेत १ हजार ७ सय ४१ वटा मुद्दा मध्य १ हजार ३ सय १२ वटा मुद्दा फैसला भएको तिवारीले बताए । जम्मा मुद्दामध्ये फैसला भएका मुद्दाको प्रतिशत ७५ रहेको छ ।
तिवारीका अनुसार चालु आर्थिक वर्षका लागि गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दाको संख्या ४ सय २९ वटा रहेको छ । अदालतमा १८ महिना नाघेको तर २ वर्ष नपुगेको मुद्दा नभएको बताइएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मुद्दा मध्ये ३१ वटा मात्र फैसला हुन बाँकी छ ।’ उच्च अदालत पाटन हेटौंडा इजलासको कार्यक्षेत्र मकवानपुर र चितवन गरी २ जिल्ला हो ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया