प्रधानमन्त्री ओलीले राजीनामा नदिनु आपत्तिजनक : शान्ति समाज
काठमाडौँ : मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिनु आपत्तिजनक भएको बताएको छ । शुक्रबार विज्ञप्ति निकालेर शान्ति समाजले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्रै प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राजीनामा दिनुको साटो राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नु संविधान विपरित भएकोे जनाएको छ । प्रधानमन्त्री ओलीले राजीनामा नदिएरै राष्ट्रपतिले सरकार गठनको आह्वान गर्नु षडयन्त्र भएको पनि शान्ति समाजको ठहर छ ।
'नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको, संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीले संविधानत ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गनुपथ्र्यो वा राजीनामा दिनुपथ्र्यो', शान्ति समाजले विज्ञप्तिमा भनेको छ, 'त्यसपछि संविधानको धारा ७६ को उपधारा ५ आकर्षित हुने हो तर विश्वासको मत प्राप्त हुने दरो राजनीतिक आधार नदेखिएको स्विकार गर्ने प्रधानमन्त्री ओलीले राजिनामा नदिनु सन्देहास्पद एवं आपत्तिजनक छ भने प्रधानमन्त्रीले विश्वास मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा छोटो समयसीमा तोकी धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गर्नु षडयन्त्रपूर्ण छ ।'

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रतिक्रिया