आज केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ : आज देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले तीन दिने मौसमी अवस्थाबारे विज्ञप्ति निकाल्दै केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।
विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहितको मध्यम वर्षा हुने विभागले जनाएको छ ।
यस्तै लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश न २ का केही ठाउँहरुमा पनि हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेश, वाग्मती प्रदेश, प्रदेश १ र प्रदेश २ का एक दुई ठाँउमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
भारतमा आएको ताउते आँधी र त्यो कमजोर हुँदा न्युनचापीय क्षेत्रको प्रभाव नेपालमा रहेकाले वर्षा भएको हो । शनिबार धेरै ठाउँमा हल्का र मध्यम वर्षा हुने भएपनि आइतबारदेखि मौसम खुल्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया