आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

प्रतापपुर घटनाबारे सत्यतथ्य पठाउन प्रहरीलाई पत्रचार

काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले नवलपरासी (बर्दघाट सुस्तापश्‍चिम) को नेपाल-भारत सीमानाका नजिकैको प्रतापपुरमा भएको घटनाको अनुगमन गरी विस्तृत विवरणका लागि नेपाल प्रहरीलाई पत्रचार गरेको  छ ।

आयोगको लुम्बिनी प्रदेश कार्यालयले प्रतापपुर गाउँपालिका-६ कठहवामा सशस्त्र प्रहरीको गोली लागि स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको र थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको घटनाको अनुगमन गरी विवरण माग गरेको हो ।  

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी २६ नं. गण नवलपरासी (बर्दघाट सुस्ता पश्‍चिम) लाई आजै पत्राचार गरेको जनाए । 

सीमानाका बन्द रहेको अवस्थामा सीमापार गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय अविनाश राय घाइते भएको र अस्पताल लैजाने क्रममा बाटैमा निजको मृत्यु भएको जानकारी आयोगलाई प्राप्त भएको जनाइएको छ । (रासस