लिभरपुलका पूर्व मिडफिल्डर जेरार्ड साउदी क्लबको प्रशिक्षक नियुक्त

काठमाडौँ- इंग्लिस क्लब लिभरपुलका मिडफिल्डर स्टेभेन जेरार्ड साउदी अरेबियन क्लब अल-इत्तिफाकको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
अल-इत्तिफाक र जेरार्डले दुई वर्षको सम्झौता गरेका हुन् ।
इंग्ल्यान्डका ४३ वर्षीय पूर्व मिडफिल्डर जेरार्ड साउदी प्रो लिग क्लबको मुख्य प्रशिक्षक नियुक्त भएको बीबीसीले जनाएको छ ।
क्लबका अध्यक्ष खालिद अल-दाबालले जेरार्डको उपस्थितिले क्लबले थप छलाङ मार्ने दावी गरे ।
१६ टिमको सहभागिता रहने साउदी प्रो लिगको गत सिजनमा अल-इत्तिफाक ३५ अंकसहित सातौं भएको थियो ।
गत अक्टोबरमा एस्टन भिल्लाले मुख्य प्रशिक्षकबाट बर्खास्त गरेयता जेरार्ड कामविहिन थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया