राष्ट्रपतिका प्रमुख स्वकीय सचिवलाई मातृशोक

काठमाडौँ : राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीलाई मातृशोक परेको छ । उनकी आमा नर्वदा अधिकारी (८३ वर्ष) को मंगलबार साँझ दमक स्थित निवासमा निधन भएको हो । अधिकारीलाई उच्च रक्तचाप र यूरिनको समस्या थियो ।
‘आमाको निधन भएकाले म गाउँ जादैछु । उहाँ अलिक कमजोर हुनुभए पनि रक्त चापबाहेक ठूलो समस्या थिएन,’ डा. अधिकारीले दकम स्थित निवास जाँदै गर्दा टेलिफोनमा मलिन स्वरमा भने, 'आमासँग कुरा भइरहेको थियो तर अचानक यस्तो भयो । हामीले आमा गुमायौँ ।'
डा अधिकारीकाे आमामा कोभिड-१९ नभएको र उच्च रक्त चाप नै स्वर्गवासको कारण बनेको पनि बताए । नर्वदाकी एक छाेरा शहिद गंगालाल हृदय केन्द्रका चिकित्सक हुन । स्वर्गिय नर्वदाको श्रीमान दिनानाथ, तीन छोरा र छोरी छन् । उनको बुधबार विहान कनकाई घाटमा अन्तिम संस्कार गरिने पनि जनाइएको छ ।

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रतिक्रिया