बंगलादेशमा पनि कोभिडको नयाँ भेरियन्ट

काठमाडौँ : बङ्गलादेशले कोभिड-१९ को नयाँ प्रकार (इन्डियन भेरियन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ । सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट हालै स्वदेश फर्केका थिए ।
बङ्गलादेशमा अहिलेसम्म ६ व्यक्तिमा नयाँ प्रकारको सङ्क्रमण पुष्टि भएको छ, जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए । बङ्गलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरुमा अत्यधिक सङ्क्रामक कोभिडका दुई भेरियन्ट पत्ता लागेका थिए ।
भारतमा कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानहरूलाई पनि स्थगित गरिएको थियो । बङ्गलादेशमा सोमबार कोभिड महामारीबाट मृत्यु हुनेको सङ्ख्या ३२ रहेको थियो भने कोभिड–१९ का कारण सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ६९८ रहेको थियो । यससँगै अहिलेसम्म बङ्गलादेशमा कोभिड–१९ पुष्टि भएको सङ्ख्या सात लाख ८० हजार ८५९ पुगेको छ भने १२ हजार १८१ जनाको मृत्यु भएको छ । रासस

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रतिक्रिया