नेपालीमुलका स्ट्राइकर किबानले इंग्ल्यान्डको चौथो डिभिजनको फुटबल खेल्ने

काठमाडौँ- नेपालीमुलका स्ट्राइकर किबान राईले इंग्ल्यान्डको चौथो डिभिजनको फुटबल लिग (इएफएल लिग-२) खेल्ने भएका छन् । किबानसँग सम्झौता आगामी सिजनका लागि सम्झौता भएको न्यूपोर्ट काउन्टी एएफसीले जनाएको छ ।
न्यूपोर्टले जनाएअनुसार लिग-२ खेल्ने किबान नेपाली मुलका पहिलो खेलाडी बन्नेछन् । वेल्सको ब्रेकन निवासी १८ वर्षीय किबान सन् २०२१ मा न्यूपोर्टको एकेडेमी आएका थिए ।
छात्रवृत्ति पाएर क्लबमा भित्रिएका किबानले उत्कृष्ट प्रदर्शन गर्नुका साथै फुटबलप्रति देखाएको लगावका कारण उनीसँग व्यावसायिक सम्झौता गरिएको क्लबले जनाएको छ ।
क्लबको सुरुवाती चार खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि किबानसँग मुख्य प्रशिक्षक ग्राहम कोफलिन प्रभावित भएका थिए र क्लबले उनीसँग सम्झौता गरेको हो ।
ग्राहमले जनाएअनुसार किबानले एकेडेमीमा आफूलाई प्रभावित पारेको तथा उनले क्लबको पहिलो टिमसँग महिनौ अभ्यास गरेका थिए । गत वर्ष उनले क्रेउविरुद्ध मैदान समेत उत्रिएका थिए ।
सम्झौतापछि किबानले आफू उत्साहित भएको प्रतिक्रिया दिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया