वुल्भ्सका कप्तान नेभेस साउदी क्लब अल-हिलालमा

काठमाडौँ- इंग्लिस फुटबल क्लब वुल्भ्सका कप्तान रुवेन नेभेस साउदी अरेबियनको प्रो लिग क्लब अल-हिलालमा कीर्तिमानी मूल्यमा अवद्ध भएका छन् । बीबीसीले जनाएअनुसार वुल्भ्सले नेभेसलाई ४७ मिलियन पाउन्डमा अल-हिलाललाई बेचेको हो ।
२६ वर्षीय पोर्चुगिज मिडफिल्डर नेभेर स वुल्भ्सबीचको सम्झौता एक वर्ष बाँकी रहेको थियो । नेभेसले वुल्भ्समा ६ सिजन विताएर साउदी क्लबमा गएका हुन् ।
यसअघि स्पेनिस क्लब रियल मड्रिडका करिम बेन्जेमा अल-इत्तिहाद तथा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो अल-नासर गएका थिए । यता चेल्सीका मिडफिल्डर एन’गोलो कान्टे पनि अल-इत्तिहाद जाने सहमति भइसकेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया