काठमाडौँका विद्यालयले जेठ २० भित्र परीक्षा लिइसक्नुपर्ने

काठमाडाैँ : काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयले यही जेठ २० गतेभित्र परीक्षा लिइसक्न निर्देशन दिएको छ ।
महानगरको शिक्षा विभागले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका सबै विद्यालयले शैक्षिक सत्र २०७७ को वार्षीक मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर परीक्षा लिन निर्देशन दिएको हो ।
महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले सबै विद्यालयहरुलाई जारी गरेको निर्देशनात्मक पत्रमा जेठ मसान्तसम्ममा नतिजा प्रकाशन गर्ने र असारको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न भनेका छन् । महानगरले कक्षा आठको नगरस्तरीय परीक्षाको विषयमा छिटै सूचना जारी गर्ने पनि जनाएको छ ।

पर्वतको लाङ्दी पहिरो : पुरिएका दम्पतीमध्ये श्रीमान् मृत फेला, श्रीमतीको खोजी ज…

आजको मौसमः चार प्रदेशमा पानी पर्ने, लुम्बिनी र सुपमा हावाहुरी चल्ने

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

प्रतिक्रिया