प्रिमियर लिगका खेलहरू अवैध ‘स्ट्रिमिङ’ गर्ने गिरोहलाई जेल सजाय

काठमाडौँ- इंग्लिस प्रिमियर लिगका फुटबल खेलहरू हजारौँ मानिसहरूलाई अवैध तरिकाले देखाएको आरोप प्रमाणित भएपछि पाँच जनालाई जेल चलान गरिएको छ । इंग्ल्यान्डको चेस्टरफिल्ड क्राउन कोर्टले मंगलबार ती पाँच जनालाई जेल चलान गर्ने निर्णय गरेको स्काइस्पोर्ट्सले जनाएको छ ।
उनीहरुमध्ये ३६ वर्षीय रिङ्लिडर मार्क गोल्डलाई ११ वर्षको जेल सजाय र अन्य चार जनालाई तीनदेखि पाँच वर्षभन्दा बढीको कैद सजाय सुनाइएको छ ।
अवैध स्ट्रिमिङ गिरोहले शुल्क घटाइ ५० हजारभन्दा बढी व्यक्तिहरूलाई सदस्यता दिएको थियो ।
प्रिमियर लिगले जनाएअनुसार उनीहरुले पाँच वर्षमा नेपाल एक सय करोड भन्दा बढी कमाएको र उनीहरुलाई ठगी, मनी लन्ड्रिङ्ग र अदालतको अवहेलना गरेको आरोपमा दोषी ठहर गरिएको जनाएको छ ।
लन्डनका मार्क गोल्ड उनका सहयोगीहरु स्टीवन गोर्डन, पिटर जोली, विलियम ब्राउन र क्रिस्टोफर फेल्भसले विश्वभरि सयौं च्यानलहरूबाट प्रिमियर लिगका खेलकहरुका साथै हजारौं अन-डिमांड फिल्महरू र टिभी कार्यक्रमहरूमा अवैध रूपमा पहुँचमा दिएको आरोप प्रमाणित भएको छ ।
प्रिमियर लिगका जनरल काउन्सिल केभिन प्लम्बले जटिल छानविनको लामो प्रकृयापछि उक्त सजायको परिणाम आएको बताए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया