जुनियरमाथि भएको रंगभेदी दुर्व्यवहारपछि भ्यालेन्सियालाई जरिवाना

काठमाडौँ- रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरमाथि भएको रंगभेदी दुर्व्यहारका कारण स्पेनिस फुटबल क्लब भ्यालेन्सियालाई जरिवाना गरिएको छ । स्पेनिस फुटबल फेडेरेसनले भ्यालेन्सियालाई घरेलु मैदान मेस्टाला स्टेडियमको केही स्थान ५ खेलका लागि बन्द राख्न निर्देशन दिएको बीबीसीले जनाएको छ ।
त्यसैगरी, फेडेरेसनले भ्यालेन्सियामाथि ४५ हजार युरो जरिवाना समेत तोकिएको छ । भ्यालेन्सियाको मेस्टाला स्टेडियमको दक्षिण भाग पाँच खेलका लागि बन्द हुने भएको छ । यस निर्णयविरुद्ध भ्यालेन्सियाले १० दिनभित्र अपिल गर्नुपर्नेछ ।
गत आइतबार उक्त स्टेडियममा स्पेनिस ला लिगाअन्तर्गत रियल र भ्यालेन्सियाबीचको खेल चलिरहँदा रियल तथा ब्राजिलियन फरवार्ड जुनियरमाथि भ्यालेन्सियाका समर्थकबाट रंगभेदी व्यवहार भएको थियो ।
उक्त खेलका क्रममा २२ वर्षीय जुनियरलाई रातो कार्ड समेत देखाइएको थियो । तर फेडेरेसनले भने उनीमाथि एक खेलको प्रतिबन्ध फुकुवा हुने जनाएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया