आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ

फाइल फोटो

काठमाडौं - शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुदैँछन ।

 अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ ।

एन्फा कम्प्लेक्सको मैदानमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब एक आपसमा भिड्दै छन, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । 

उता, दिउँसो तीन बजेबाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बीचमा प्रतिस्पर्धा सुरु हुनेछ । जुन खेल दशरथ रंगशालामा हुनेछ ।