हालान्डले जिते ‘फुटबलर अफ द इयर' अवार्ड

काठमाडौँ- इंग्लिस फुटबल क्लबका फरवार्ड अर्लिङ हालान्डले ‘फुटबल राइटर्स एसोसियसन मेन्स फुटबलर अफ द इयर’ अवार्ड हात पारेका छन् । २२ वर्षीय नर्वजेनियन स्ट्राइकरले अर्सनलका बुकायो साका र मार्टिन ओडेगार्डलाई पछि पार्दै सो अवार्ड हात पारेको स्काइस्पोर्ट्सले जनाएको छ ।
फुटबल राइटर्स एसोसियनको ८२ प्रतिशत मत हालान्डले प्राप्त गरेका हुन् । हालान्डले जारी सिजनमा म्यानचेस्टर सिटीका लागि ५१ गोल गरिसकेका छन् । हालान्डले ४७ खेलमै ५१ गोल गरेका हुन् ।
वेस्टहमविरुद्धको गोलसँगै हालान्डले जारी सिजनको इंग्लिस प्रिमियर लिगमा ३५ गोल पूरा गरिसकेका छन् जुन लिगका लागि एकै सिजनमा भएको सर्वाधिक गोलको कीर्तिमान पनि हो ।
सिटी अहिले लिगको शीर्ष स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया