साउदीमा 'काेमा' मा पुगेका धनकुटाका भक्तमणी खनाल नेपाल फर्किए

काठमाडौँ- साउदी अरबमा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका धनकुटाका भक्तमणी खनाललाई नेपाली राजदूतावासले नेपाल पठाएको छ । हिजो बिहीबार उनलाई नेपाल एयरलान्यसको जहाजबाट फिर्ता पठाएको हो ।
खनाल महालक्ष्मी नगरपालिका २ का हुन् । उनी ७ वर्षसम्म साउदी अरबमा बसेका थिए । रियादस्थित नेश्नल गार्ड हस्पिटलमा तीन महिना उपचारपश्चात खनाललाई स्वदेश पठाइएको दूतावासले जानकारी दिएको छ ।
कोमामा राखी उपचार गरे पछि स्वास्थ्य अवस्था सुध्रँदै गएकाले परिवारको साथ-सहयोग पाएमा छिटो सुधार हुने भन्दै चिकित्सकले सल्लाह दिएका थिए ।
अस्पतालले दूतावासलाई खनाललाई चाँडो स्वदेश फिर्ता गर्न अनुरोध गरिरहेको थियो । परिवारले पनि दूतावासलाई घर पठाइदिन आग्रह गरेका थिए । उनलाई स्ट्रेचरमा मात्र राखेर लैजान सक्ने अवस्था रहेको थियो ।
अस्पतालको एम्बुलेन्सले उनलाई निःशुल्क विमानस्थलसम्म पुर्याएको थियो । उनलाई नेपाल ल्याइने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको हो । दूतावासको अनुसार खनाललाई परिवारको जिम्मा लगाएर अस्पतालमा उपचार थालिएको छ ।
गत वर्षको माघ ७ गते खनाल नेपाल फर्कन विमानस्थल जाँदै गर्दा सडक दुर्घटनामा परेका थिए । उनलाई पछाडिबाट गाडीले हानेको थियो । तत्कालै खबर गरे पनि उक्त सवारीसाधनको बारेमा हालसम्म प्रहरीले जानकारी प्राप्त गर्न सकेको छैन ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया