बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

३९ मा किनेर ८० रुपैयाँमा स्यानिटाइजर बेच्नेलाई दुई लाख जरिवाना

काठमाडौं : सरकारी अनुगमन टोलीले ३९.३० रुपैयाँमा ह्यान्ड स्यानिटाइजर किनेर ८० रुपैयाँमा बिक्री गर्ने बिक्रेतालाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।  आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले खटाएको टोलीले इटहरीको विवता सर्जिकल हाउसलाई कारबाही गरेको हो ।   

भारतीय कम्पनीद्वारा उत्पादित लाइफ गार्ड ब्राण्डको स्यानिटाइजर बिक्री गरेको हो । स्यानिटाइजरमा एमआरपी उल्लेख नभएको विभागले जानकारी दिएको छ । 

त्यस्तै इटहरीको अर्को फर्म होम्ताङ आयुर्वेद औषधालयले स्यानिटाइजर लगायत अन्य औषधी खरिद बिक्री गर्दा बिलबिजक राखेको नभेटिएको विभागले जानकारी दिएको छ । यो औषधालयलाई बीस हजार रुपैयाँ जरिवाना गरिएको छ ।