आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

ला लिगाः रियल मड्रिडको जित

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत दोस्रो स्थानको रियल मड्रिड विजयी भएको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २-० ले पराजित गर्‍यो ।

रियलको जितमा मार्को असेन्सियो र इडेर मिलिटाओले एक-एक गोल गरे । असेन्सियोले ४२औँ मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । मिलिटाओले ४८ औँ मिनेटमा गरेको गोलसँगै रियलले जित हात पार्‍यो ।

जितसँगै रियलले ३० खेलबाट ६५ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोनाको भने २९ खेलमा ७३ अंक छ ।

ला लिगाको अन्य खेलमा ओसासुनाले रियल बेटिसलाई ३-२, एथलेटिको बिलबाओले अल्मेरियालाई २-१, रियल सोसाइडाडले रायो भालेकानोलाई २-१ तथा रियल भालाडोलिडले गिरोनालाई १-० ले पराजित गर्‍यो ।