आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

महरेजले ह्याट्रिक गर्दा म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । वेम्बली स्टेडियममा शनिबार राति भएको सेमिफाइनल खेलमा शेफिल्ड युनाइटेडलाई ३-० गोलअन्तरले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो ।

सिटीलाई एफए कपको फाइनलमा पुर्‍याउन रियाद महरेजले ह्याट्रिक गरे । उनले ४३ औँ, ६१ औँ तथा ६६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

सन् १९५८ पछि एफए कपको सेमिफाइनलमा ह्याट्रिक गर्ने महरेज पहिलो खेलाडी बनेका छन् ।