नटिङहम फरेस्टको पोस्टमा म्यानचेस्टर युनाइटेडको दुई गोल

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित भएको छ ।
युनाइटेडले नटिङहम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै युनाइटेडलाईबशीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।
द सिटी ग्राउन्ड नटिङहममा युनाइटेडको जितमा एक गोल डिएगो डालोटको नाममा रह्यो भने अर्को गोल विंगर एन्टोनीले गरे ।
यो जितसँगै युनाइटेड ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित नटिङहम ३१ खेलबाट २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया