प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा मन्त्रिपरिषद विस्तारमा भएका ढिलाई र मन्त्रालय भागबण्डाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन्। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवासँग यही विषयमा प्रधानमन्त्रीले छलफल गरेका हुन्।
प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र एक राज्यमन्त्री दिने बताइरहेका छन्। तर, कांग्रेसले ८ मन्त्रालयमा दाबी गरको छ। चैत ६ मा विश्वासको मत पाएका प्रचण्डले सत्तारुढ दलहरूबी भागबण्डा नमिलेर मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

प्रतिक्रिया