चट्याङ लागेर एकको मृत्यु, आठ घाइते

काठमाडाैँ : गुल्मीको मुसिकोट नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्युभएको छ भने अन्य आठ घाइते भएका छन् । मृत्यु हुनेमा मुसिकोट –४ दजाकोटका १८ वर्षीया करिश्मा गाहा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङले घाइते उनीलाई अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
आज बिहान घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ पर्दा सोही ठाउँका ४२ वर्षीया जुनी गाहा, १८ वर्षीया मेलिना गाहा, आठ वर्षीय जेनित गाहा, ३८ वर्षीय तुलबहादुर गाहा, ६० वर्षीय उजुरसिंह गाहा, ५५ वर्षीया फटिकला गाहा, ३२ वर्षीय चित्रबहादुर गाहा र २८ वर्षीया ज्योती गाहा घाइते भएका सो कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
घाइतेहरु मध्ये चार जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ भने अन्य चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अनुहार लगायत शरीरमा चोट लागेको छ । उजिरबहादुर गाहा र भीमश्री गाहाको घरमा चट्याङ पर्दा उक्त घटना भएको प्रहरीले जनाएको छ । रासस

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया