अस्पतालमै अक्सिजन नपाएर छट्पटाउँदै संक्रमित, सञ्चारमन्त्री भन्छन्–‘डोर टु डोर सेवा दिने मेडिकल टिम दौडिने छ !’

काठमाडौँ : कोभिड–१९ संक्रमित बढेसँगै मुलुकभरका अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । अस्पतालमै पुगेका संक्रमितले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने अवस्था छ । तर, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भने बल्ल डोर टु डोर सेवा दिने मेडिकल टिम बनाउने परिकल्पना थालेका छन् ।
छैटौँ पत्रकारिता दिवसको अवसरमा शुक्रबार उनले भने,‘परिवार नै कोभिड संक्रमण देखिएको छ, आफन्त छैनन् सबै आइसोलेसनमा छन् भने हामी डोर टु डोर सेवा दिने मेडिकल टिमसहितको गाडी दौडिने छ । त्यसको नेपाल रेडक्रसले त्यसको संयोजन गर्ने छ ।’
मन्त्री गुरुङ्गले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरि स्वास्थ्य सेवा सञ्चालन गरिने बताउनुभएको हो ।
मन्त्री गुरुङले कसैलाई पनि कुनै पनि खाद्यपदार्थको अभाव हुन नदिनेगरी स्वास्थ्य जस्तै तरकारी लगायत अत्यावश्यक खाद्यपदार्थको पनि डोर टु डोर सेवा सञ्चाल गरिने आश्वासन दिए । मान्छेहरुलाई त्रसित र निरास बनाउने किसिमका समाचार सम्प्रेषण भइरहेको भन्दै उनले छिटै नै मन्त्रालयले सञ्चार गृहलाई गाइडलाइन्स बनाएर परिपत्र गर्ने तयारी गरिरहेको बताए ।
‘कोभिडबाट सकियो अव केही छैन, अक्सिजन छैन, वेड छैन, सिलिण्डर छैन, आइसियु छैन, बेडको बारेमा अब तपाईले चिन्ता नगर्नुहोस्, स्वास्थ्य मन्त्रालयले पनि तुरुन्तै अभाव के रह्यो भनेर टेलिफोनहरुको व्यवस्थापन गरेको छ, त्यसमा सम्पर्क गर्ने’, मन्त्री गुरुङले भने ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया