थ्री नेसन्स फुटबलका लागि नेपाली टिमको घोषणा

काठमाडौँ - प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसीले मंगलबार २३ सदस्यीय टिमको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
प्रतियोगितामा नेपालसँगै भुटान र लाओसको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार हुने प्रतियोगितको उदघाटन खेलमा नेपालले लाओसविरुद्ध खेल्दैछ ।
नेपाल र लाओसबीचको खेल साँझ ६ बजेबाट सुरु हुने तालिका रहेको छ । फाइनल भने मार्च ३१ मा साँझ ५.३० बजेबाट सुरु हुनेछ ।
नेपाली टिमः
गोलरक्षकः किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान्त खड्का
मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपक सिंह ठकुरी, अन्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया