कलंकी–महाराजगञ्ज सडक विस्तारको काम चाँडै सुरु हुन्छः मन्त्री श्रेष्ठ

काठमाडौँ - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कलंकी–महाराजगञ्ज सडक खण्डको स्थलगत निरीक्षण गरेका छन् । बिहीबार मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले सडकखण्डको निरीक्षण एवं अवलोकन गरेको हो ।
अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले दोस्रो खण्डको चक्रपथ विस्तार अब चाँडै सुरु हुने सहमति भएकाले बताए । उनले कलंकीदेखि कोटेश्वरसम्मको काम सम्पन्न भइसकेको र कलंकीदेखि महाराजगञ्जसम्मको सडक पनि अब चाँडै काम सुरु गर्ने सहमति चीन सरकारसँग भएको बताए । मन्त्री श्रेष्ठले चिनियाँ राजदूत छन सङसँग मन्त्रालयमा छलफलगरी छटो भन्दा छिटो काम अघि बढाउने सहमति भएको बताए ।
बिजुलीका पोल र सडक छेउमा रहेका मन्दिरहरू अर्को ठाउँमा बनाउने तयारी गरेर तदारुकताका साथ काम सुरु गर्ने तयारी रहेको उनको भनाइ छ । उनले स्वयम्भूनाथका संरचनाहरू भने नभत्काइकन त्यहाँको सडक पडजाइन परिवर्तन गर्ने सहमति भएको पनि बताए । उनले चीन सरकासँग कलंकीदेखि महाराजगञ्जसम्मको मात्रै सहमति भए पनि महाराजगञ्जदेखि धोबीखोलासम्मको सडक बिस्तार गरिदिन पनि आग्रह गरे ।
उपप्रधानमन्त्री श्रेष्ठले कलंकी–कोटेश्वर सडक खण्ड बनेको लामो समयसम्म पनि कलंकी–महाराजगञ्ज सडक निर्माण नभएको भए पनि अब भने तत्काल काम सुरु गर्ने तयारी रहेको बताए ।

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

प्रतिक्रिया