सरकारले दुबई र कतारमा बाइक राइडर र टयाक्सी ड्राइभर पठाउन अनुमति नदिने

काठमाडौँ- सरकारले दुबई र कतारमा 'बाइक राइडर र टयाक्सी ड्राइभर' पठाउन अनुमति नदिने भएको छ । श्रमिक समस्यामा परेकाले दुबई र कतारस्थित नेपाली दूतावासले बाइक राइडर र टयाक्सी चालक पदको मागपत्रलाई प्रमाणीकरण नगर्न अनुरोध गरेकाले अनिश्चित कालका लागि अनुमति नदिने वैदेशिक रोजगार विभागले निर्णय गरेको हो ।
पछिल्लो समय कतार र दुबईमा पुगेका 'बाइक राइडर र टयाक्सी ड्राइभरहरू समस्यामा परेको उजुरी विभागमा परेको छ । रोजगारदाताले कामदारलाई मागपत्र बमोजिमको तलब प्राप्त गर्न नसकेको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
कामदारले लाइसेन्स प्राप्त नगर्दा लामो समयसम्म कामविहीन भएर बस्नुपरेको विभागले जनाएको छ । धेरै पटकसम्म ट्राफिक कारबाहीमा पर्दा ठूलो जरिवाना बुझाउनु परेको छ ।
सम्बन्धीत मुलुकको ट्राफिक नियम , सडक अनुशासनको बारेमा ज्ञान नहुँदा र दूर्घटनाले ज्यान गुमाउनु परेको विभागमा दैनिक गुनासो आएकाले ८ गतेको (सोमबार) निर्णयले अर्को निर्णय नभएसम्म तत्काललाई बाईक राइडर र टयाक्सी ड्राईभरको मागलाई स्वीकृत नगर्ने विभागले प्रस्ट पारेको छ ।

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

प्रतिक्रिया