शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

पत्रकार महासंघले बुधबारदेखि योगाभ्यास सञ्चालन गर्ने

प्रतिकात्‍मक तस्‍बिर

काठमाडौं:  नेपाल पत्रकार महासंघले बुधबारदेखि सञ्चारकर्मीका लागि योगाभ्यास सञ्‍चालन गर्ने भएको छ । महासचिव रोशन पुरीले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारदेखि योगाभ्यास कार्यक्रममा सहभागिताका लागि सञ्चारकर्मीलाई अपिल गरेका छन् । कोभिड-१९ संक्रमण बढिरहँदा सञ्चारकर्ममा सक्रिय भइराख्नुपर्ने पेशा भएकाले पत्रकारहरू जोखिममा रहेको र कहिलेसम्म यसको असर रहने यकिन नभइसकेको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बढाउन योगाभ्यास कार्यक्रम सञ्चालन गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।

सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डसँगै शारीरिक व्यायाम, स्वस्थ खानपान, योग प्राणायामले शरीरलाई स्वस्थ राख्ने विश्व स्वास्थ्य संगठनको समेत सुझाव भएकाले पतंजलि योग समितिद्वारा सञ्चालित योग चौतारीमा देशभरका पत्रकारका लागि जूममार्फत योगाभ्यास तथा सत्संग कार्यक्रम सञ्चालन गर्न लागरिएको विज्ञप्‍तिमा उल्‍लेख छ । सहभागी हुन चाहनेले हरेक दिन बिहान साढे ४ बने जुन माध्यमबाट प्रवेश भइसक्नुपर्ने र ६ बजेसम्म सक्रिय सहभागिता हुनुपर्नेछ ।