काठमाडाैँ उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा
सूचना विभागकाे पास नहुने पत्रकारलाई जिल्ला प्रशासन कार्यालयले दिने

काठमाडाैँ : उपत्यकामा एक साता थप निषेधाज्ञा हुने भएको छ । मंगलबार उपत्यकाका तिनै जिल्लाका प्रमुखहरूको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरमा आगामी २९ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
अत्यावश्यक सेवालाई विहानमात्र सञ्चालन गर्न दिने निर्णय समेत भएको छ । यसअघि विहान र वेलुका खाद्यान्न लगायतको अत्यावश्यक सेवा खुला थियो । सरकारी कार्यालय र वित्तिय संस्थामा पनि सिमित कर्मचारी राखी कार्यालय सञ्चालन गर्न दिने निर्णय लिएको छ ।
ठेलागाढा कवाडी, निर्माणलगायतको काममा प्रतिबन्ध लगाउने भएको छ । बैठकले कोभिड संक्रमणको बढ्दो दरलाई ध्यान दिँदै एक साता लम्बाएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले इकागजलाई जानकारी दिए । उनका अनुसार सूचना विभागको कार्ड नभएका पत्रकारलाई कार्यरत संस्थाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले विशेष उपलब्ध गराउने भएको छ ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया