राजस्व छलेर ल्याइएको ७९ बोरा सूर्ती बरामद

सुर्खेत : कोरोना माहामारीको कारण भएको निषेधाज्ञाको बेलामा राजश्व छलेर ल्याउँदै गरेको सुर्ती सुर्खेत प्रहरीले बरामद गरेको छ । राजश्व गरेर ल्याएको उक्त सूर्ती जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बरामद गरेको हो । दुई दिनमा सुर्खेत प्रहरीले ७९ बोरा सूर्ती बरामद गरेको छ ।
मंगलबार नेपालगंजदेखि सुर्खेत आउँदै गरेको ना४ख ७६५३ नम्बरको ट्रकलाई सुब्वाकुना प्रहरी पोष्टमा नियन्त्रणमा लिई खोजतलास गर्दा ५४ बोरा राजश्व छलीका सूर्तिजन्य पर्दाथ फेला परेको छ । प्रहरीले गोल्डेन काली नामको सूर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको हो ।
न्यू पश्चिमाञ्चल ट्रेडर्स कपिलवस्तुको भ्याट नम्वर ३०५३०४७६४ बाट महादेव स्टोर सुर्खेतको भ्याट नम्बर ३०५६५३२५७ मा भ्याटसहित १३ लाख ६६ हजार १ सय ७० रुपैयाँको विल बनाएर सूर्तीजन्य पदार्थ पठाएको पाइएको छ । दुई दिनअघि पनि राजश्व छली गरेको सूर्तीजन्य पदार्थ प्रहरीले जफत गरेर आन्तरिक राजश्व कार्यालय सुर्खेतमा बुझाएको थियो । बिशेष सूचनाका आधारमा विरेन्द्रनगर- ४ भानुचोकबाट लिप्स नामक २५ बोरा सूर्ती बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख राजेन्द्र भट्टले उनीहरुमाथि अनुसन्धान जारी रहेको बताए ।

साउनमा ३० दिन रक्सी छाड्नाले शरीरमा के-के फरक पर्छ ?

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी, पशु चिकित्सा क्षेत्रको विक…

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा पाइलटको कमजोरी औँल्याइयो

ब्रह्मा र विष्णुले पहिलो पटक पूजा गरेको पहिलो शिवलिङ्गको कथा

सिरहाको सुखीपुरबाट सात क्विन्टलभन्दा बढी गाँजा बरामद

मार्चे लेकमा चौँरीको रगत पिउने मेला सुरु

रुकुम पश्चिममा जिप दुर्घटना

प्रतिक्रिया