बिमाको पैसा नपाउँदा हेटौंडाको आँखा अस्पताललाई समस्या

हेटौंडा- १५ वर्ष अगाडि आँखामा समस्या पर्दा उपचारमा पनि समस्या हुने गर्दथ्यो हेटौंडामा। सामान्य समस्याहरू हेटौंडा अस्पताल वा निजी क्लिनिकहरूमा हुने गर्दथे। तर, विगत १५ वर्षदेखि हाल बागमती प्रदेशको राजधानी हेटौंडामा स्थापना भएको हेटौंडा सामुदायिक आँखा अस्पतालका कारण आँखाको समस्याबाट धेरै समय पिरोलिनु परेको छैन। सामुदायिक आँखा अस्पतालले बिरामीको मन र विश्वास जित्न सफल भएको छ । बिरामीहरू यहाँ आकर्षित हुनु यहाँको उपचार पद्धति,सफा र शान्त सुविधायुक्त सेवा नै हो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालले दैनिक ३ सय जना आँखाका बिरामीलाई सेवा दिइरहेको छ। नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको शाखाका रूपमा यो अस्पतालको स्थापना गरिएको हो। तिलगंगा आँखा प्रतिष्ठानले कमाएका ख्याति हेटौंडाले अस्पतालले पनि कमाउँदै गएको छ। हेटौंडामा प्रतिष्ठानका प्रमुख डा. सन्दुक रुइत पनि बेला बेलामा आउने गरेका छन्।
वार्षिक ८० हजारको आँखा परीक्षण
अस्पतालले वार्षिक करिब ८० हजार जनाको आँखा परीक्षण गर्ने गरेको छ । जसमा ५७ प्रतिशत महिला छन् भने ४३ प्रतिशत पुरुष रहेको अस्पतालले जनाएको छ। १५ वर्षको अवधिमा अस्पतालले १० लाख जनाको आँखा परीक्षण गरेको छ। अस्पतालले सन् २०२२ मा वर्ष मात्रै ५९ वटा शिविर सञ्चालन गरेर १२ हजार ३३६ जनाको आँखा परीक्षण गरेको छ। अस्पतालले बारा, पर्सा, रौतहट, सर्लाही र सिन्धुली गएर आँखा परीक्षण गरेको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए।
वर्षमा करिब ३५ देखि ४० वटाभन्दा बढी आँखाको निःशुल्क परीक्षण शिविर संचालन गर्ने गरेको छ । शिविरमा फेला परेका मोतियाबिन्दुका रोगीहरूलाई अस्पतालमा ल्याएर निःशुल्क रूपमा शल्यक्रिया गर्ने गरेको छ । मकवानपुरबाहेक विभिन्न जिल्लामा आँखाको शिविर सञ्चालन गरेकाले अस्पतालमा बिरामीको चाप बढेको हो ।
६० हजारको अप्रेसन
हेटौंडा सामुदायिक आँखा अस्पतालले १५ वर्षको अवधिमा ६० हजारभन्दा बढीको शल्यक्रिया गरिसकेको छ। जसमा ८५ प्रतिशतभन्दा बढी मोतिबिन्दुका नै रहेका छन्। १ बिघा एक कठ्ठा जमिनमा फैलिएको उक्त अस्पताल २०६५ मंसिर ५ गते स्थापना भएको हो । बर्सेनि करिब २ हजार ५ सयदेखि ३ हजार जनाको आँखाको मोतियाबिन्दुको शल्यक्रिया गर्ने गरेको छ ।
आँखाको नानी संकलन
हेटौंडा सामुदायिक आँखा अस्पतालको परिसरमा आँखाको नानी संकलन केन्द्र स्थापना गरिएको छ । गत वर्ष स्थापना गरिएको उक्त केन्द्रले १८ जना मृतकहरूको आँखाको नानी संकलन गरिसकेको छ । उक्त आँखाको नानी संकलन केन्द्र स्थापना गर्न हेटौंडा उपमहानगरपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको थियो । मृतक व्यक्तिको नानी संकलन गर्न अस्पतालका स्वास्थ्यकर्मी दाहसंस्कार स्थल, अस्पताल वा घरमा नै पुग्ने गरेका छन्। मृत्यु भएको मानिसको कर्निया निकालेर अर्को मानिसमा प्रत्यारोपण गर्न सकिन्छ। दृष्टि गुमाएकाहरूलाई उपचार गर्न सकिन्छ भन्ने सोचको साथ आँखाको नानी प्रत्यारोपण गर्ने विकास भएको हेटौंडा सामुदायिक आँखा अस्पतालमा भारतीय नागरिकहरूको आकर्षण पनि बढेको छ।
दैनिक रूपमा भारतबाट पनि उपचारमा आउने गरेका छन्। ठ्याक्कै संख्या नभएपनि बिरामीहरू बढ्दै गएको अस्पतालको भनाई छ। अस्पतालले आँखाको बिरामीको उपचारमा गरेको लगावका कारण मन जितेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत श्रेष्ठको भनाई छ। अस्पतालका डाक्टर, नेत्र सहायक, कर्मचारीको मेहनत धेरै नै रहेको भन्दै सामूहिक प्रयास नै यहाँसम्म आउनुको उपलब्धि रहेको बताए। हेटौंडामा आँखा परीक्षणका लागि मकवानपुरसहित बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र भारतका बासिन्दासमेत आउने गरेको उनले बताए । आँखाका बिरामीहरू खोज्दै अस्पतालले मकवानपुरबाहेक अन्य जिल्लामा समेत आँखाको निःशुल्क परीक्षण शिविर सञ्चालन गर्दै आएको छ ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको परिसरमा आँखाको नानी संकलन केन्द्र स्थापना गरिएको छ । गत वर्ष स्थापना गरिएको उक्त केन्द्रले १८ जना मृतकहरूको आँखाको नानी संकलन गरिसकेको छ । हेटौंडा सामुदायिक आँखा अस्पतालमा पहिलो पटक हेटौंडा उपमहानगरपालिका ४ खोपेगल्लीका रामकृष्ण श्रेष्ठको नानी संकलन गरिएको थियो ।
उक्त आँखाको नानी संकलन केन्द्र स्थापना गर्न हेटौंडा उपमहानगरपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको थियो । मृतक व्यक्तिको नानी संकलन गर्न अस्पतालका स्वास्थ्यकर्मी दाहसंस्कार स्थल, अस्पताल वा घरमा नै पुग्ने गरेका छन् ।
३ जना विशेषज्ञसहित ५५ कर्मचारी
अस्पतालमा ३ जना नेत्ररोग विशेषज्ञ डाक्टरसहित ५५ जना स्वास्थ्यकर्मी र कर्मचारीहरू कार्यरत रहेका छन्। अस्पतालले औषत रूपमा दैनिक २ लाख रुपैयाँ रकम शुल्कबापत् संकलन गर्ने गरेको छ । अस्पतालमा आँखा परीक्षण गराउन आएका बिरामीसँग १५० रुपैयाँ मात्र दर्ता लिने गरेको छ । बिरामीसँग लिएको शुल्कले अस्पतालको दैनिक सञ्चालन खर्च पुग्ने गरेको छ। तर, शिविर र अन्य नि:शुल्क शल्यक्रियाको लागि भने दाताहरूले गरिरहेको श्रेष्ठले बताए।
बिमाको रकम भुक्तानी नहुँदा समस्या
बिरामीहरूको सहजताका लागि नेपाल सरकारले सुरु गरेको बिमाका कारण अस्पतालको दैनिक खर्च व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ। आधाभन्दा बढी बिरामीहरू बिमा मार्फत भुक्तानी हुने भएको र बिमा बापतको रकम प्राप्त गर्न ढिलाई हुने उनले जानकारी दिए। हालसम्म बिमा वापतको ४ करोड रुपैयाँ लिनुपर्ने रहेको वरिष्ठ प्रशासकीय अधिकृत श्रेष्ठले बताए। अस्पतालमा नेत्र रोग विशेषज्ञ ३ जना चिकित्सक कार्यरत रहेकाले पनि हेटौंडामा नै राम्रो उपचार हुँदै गएको छ। पछिल्लो समय आँखाका रोगीहरू हेटौंडा बाहिर जानुपर्ने वाध्यता नरहेको अस्पतालको विश्वास छ।
अस्पताललाई नाफामुलकभन्दापनि सेवामुलक रूपमा अगाडि बढाईरहेको अस्पतालका प्रमुख डा. सुनिल थकालीले बताए। बिमा मार्फत भुक्तानी दिने र स्वयम् भुक्तानी बिरामीलाई अलग अलग लाईन टोकन सिस्टममा राखिएकोले झण्झटरहित दिन सफल भएको डा. थकालीको भनाई छ।
आँखा शिविरबाट सुरु हुँदै अस्पताल
मकवानपुरमा आँखाका बिरामी बढ्दै गएको भन्ने भएपछि आँखाको शिविर गर्नुपर्छ सोचाइ भएको स्मरण गर्छन्, हेटौंडा सामुदायिक आँखा अस्पतालका सञ्चालक सिद्धिलाल श्रेष्ठ। सोचेभन्दा बढी बिरामीहरू त्यसमा पनि मोतिबिन्दुका अप्रेसन गर्ने बिरामीहरू देखा पर्न थालेपछि शिविरभन्दा पनि अस्पताल निर्माण गर्ने सोचका अगाडि बढेको बताए। सुरुवातमा हेटौंडा अस्पतालको एउटा कोठाबाट सुरु गरेको अस्पतालले अहिले वृहत् रूप लिएको छ।
तत्कालिन समयमा हेटौंडा नगरपालिकाका मेयर रहेका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल र तिलगंगा आँखा अस्पतालका डा. सन्दुक रुईतको प्रयासले जग बसाउनेदेखि यहाँसम्म आउन ठूलो भूमिका रहेको सञ्चालक सिद्धिलाल श्रेष्ठले बताए। तत्कालीन समयमा स्थापनार्थ सहयोग गरेका पौडेलको सहयोग अहिलेपनि उत्तिकै रहेको छ। डोरमणि पौडेल मुख्यमन्त्री भएपछि तिलगंगा आँखा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन प्रकृया अगाडि बढाएका थिए।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानले हेटौडामा जग्गाको खोजीमा रहेको प्रष्ठिानका मेडिकल डाईरेक्टर डा.रुईतले बताए। उनले भने, 'तिलगंगा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न प्रकृयाहरू अगाडि बढी रहेको छ।' श्रोत: आइएनएस-स्वतन्त्र समाचार

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया