शनिबार ०३ साउन, २०८२
Saturday, July 19, 2025

एनआरएनए अध्यक्ष पन्तलाई काेभिड-१९ संक्रमण

केही दिनदेखि सम्पर्कमा रहेकालाई सावधानी अपनाउन अग्रह

काठमाडौँः गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तलाई कोभिड-१९ पोजेटिभ देखिएपछि केही दिन यता उनीसँग सम्पर्कमा रहेकालाई सजक हुन एनआरएनले  आग्रह गरेको छ । उनी काठमाडौँ र चितवनमा सक्रिय भेटघाटमा थिए । त्यसैले उनले आफ्नो सम्पर्कमा आएकालाई सावधानी अपनाउन आग्रह गरेका हुन् ।

'दुई पटकसम्म नेगेटिभ देखिए पनि चित्त बझेन । म थकित थिएँ । साच्चै धेरै नै गलेको अनुभव भएपछि आइतबार पुनः स्वाव दिँदा पोजेटिभ देखिएको र अहिले घरमा आराम गरिरहेको छु,' उनले इकागजलाई बताए । 

‘खोकी लागेको र छात्तिमा असजिलो महसुस भएको छ,’ उनले इकागजसँग भने, ‘छातिको एक्सरे गरेर हेर्ने सल्लाह चिकित्सको छ । त्यसपछि अस्पतालमा रहेर उपचार गराउने कि घरमै बस्ने विचार गर्नेछु ।’ अक्सिजननै लिन पर्ने अवस्था आएको छैन । त्यो नहुन्जेल घरमा नै रहेर उपचार गराउने छु । 

खोकी र जरो छ अहिले पनि भन्दै उनले भने,‘चार पाँच दिन देखि मेरो सम्पर्कमा रहनुभएकाले सावधानी अपनाउनु होला ।’ काठमाडौँमा कोभिडको संक्रमण सुनामी झै फैलिएकाले सबै सचेत रहन आवश्यक रहेको पनि उनले बताए । सरकारले नागरिकको जिउधनको रक्षामा प्रसस्त समय दिनुपर्ने अवस्था छ । 

काठमाण्डौंका अस्पतालमा बेडको अभाव छ । आम नागरिकलाई निकै गाह्रो भएको भन्दै उनले राजनीतिक नेतृत्वलाई भनेका छन एनआरएनए ले पनि आफ्नो तवरबाट सहयोग गर्छ । आइतबार साँझसम्म पनि विभिन्न बैठकहरुमा सक्रिय पन्तलाई सहभागि र भेटघाटबाटै भाइरस सरेको चिकित्सकले बताए । 

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन, ‘सावधानी अपनाउँदा अपनाउँदै मलाई पनि कोरोनाले भेटेछ। पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । अहिले म आइसोलेसनमा छु । केही दिनयता मेरो सम्पर्कमा रहनुभएका सबैलाई सतर्क रहन अनुरोध गर्दछु । असुविधाका लागि क्षमाप्रार्थी छु’