कुनै विषेश काम नपरी बाहिर ननिस्कनू : निषेधाज्ञा तोड्दा होल्डिङमा परिएला
काठमाडौँ : सरकारले निषेधाज्ञामा कडाई गर्दै आधिकारीक पासबिना सवारी साधान चलाउने र अत्यावश्यक काम बाहेक घर बाहिर चाहार्नेलाई सवारी साधन सहित दिनभर होल्डिङमा राख्ने भएको छ । सरकारले कोभिड-१९ संक्रमणको ‘चेन ब्रेक’ गर्न केही दिन यो ढंगले कडाई गर्न लागेको जनाएको छ ।
कोभिड-१९ सामुन्द्रीक आँधी सुनामी झै काठमाडौँमा पनि फैलन थालेपछि सरकारले उपत्यकामा निषेधाज्ञा लगाएको थियो । तर, त्यसको व्यापक अवज्ञा भएपछि सरकारले यस्तो निर्णय लिएको हो ।
निषेधाज्ञाको आज चौथो दिन हो । सरकारले निषेधाज्ञालाई क्रमशः कडा बनाउदै क्रममा काठमाडौँ उपत्यकाको हरेक मुख्य चोकहरुमा प्रहरी तैनाथी र चेकजाँचमा तीव्रता दिएको छ ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिवार बसेको बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाउने निर्णय गरेको थियो । त्यो निर्णयलाई मन्त्रिपरिषदले पनि स्वीकार गर्दै अवज्ञा गर्ने व्यक्ति र सवारी साधनलाई होल्डिंगमा राख्न थालेको छ ।
आधिकारिक पास बिना सवारी साधन चलाउने र उद्देश्य/आवश्यकता बिना हिडेका व्यक्तिहरुलाई प्रहरीले होल्डिंगमा राखेको छ । १६ गते देखि काठमाडौं उपत्यकाका तीन जिल्लामा एक साताका लागि निषेधाज्ञा लगाइएको छ ।
मन्त्रिपरिषद् बैठकले अर्को एक साता निषेधाज्ञा थप्ने निर्णय पनि गरि सकेको छ । यस्तै देशका प्रमुख शहरमा कोरोना संक्रमण बढे सँगै निषेधाज्ञा लगाउने क्रम जारी छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २३ वटा जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञा घोषणा गरिएकामध्ये २१ जिल्लामा शनिबारसम्म निषेधाज्ञा लागू भइसकेको छ भने ९ जिल्लामा आइतबार (आज)देखि लागू भएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया