जापानमा कोरोना संक्रमणका कारण एक महिनामा १० हजार बढीको मृत्यु

टोकियो - जापानमा कोरोना संक्रमणका कारण एकै महिनामा १० हजार बढीको मृत्यु भएको छ । शनिबार देशभर कोभिडका कारण २५२ जनाको मृत्यु भएको छ । योसँगै कोभिडका कारण जनवरी महिनामा १० हजारभन्दा बढीको मृत्यु भएको हो ।
प्रान्त सरकारहरूको विवरणअनुसार जनवरीको २८ तारिक शनिबारसम्म यो महिनामा १० हजार १२४ जना बिरामीको मृत्यु भएको छ । केही महिना अघिदेखि कोरोना संक्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या बढेको हो। एकै महिमामा १० हजार बढीको मृत्यु भएको यो पहिलो पटक हो ।
डिसेम्बरमा महिनामा ७ हजार ६०० जनाको मृत्यु भएको थियो । जनवरीको अन्तिम साता भनें दैनिक रूपमा थपिने नयाँ संक्रमितको संख्या केही घटेको छ । जापानले मे महिनादेखि कोरोनाको संक्रमणको स्तरलाई घटाएर मौसमी रुघाखोकीको स्तरमा राख्ने भएको छ ।

को हुन हरेदी समुदाय, जसले नेतान्याहुको सरकार जतिखेर ढाल्ने अवस्थामा लगे

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर, आज सार्वजनिक गरिने

बंगलादेशमा सडक दुर्घटनामा परी एकै महिनामा ५८८ को मृत्यु
इजरायल द्वन्द्वको असर : गाजामा गम्भीर जल संकट, दैनिक पाँच लिटरभन्दा कम पानी प…

प्रतिक्रिया