प्रदेश सरकारको बोर्ड फेर्ने मन्त्रिपरिषद्को निर्णय

पोखरा - गण्डकी प्रदेश सरकारले कार्यालयका बोर्ड तथा लेटरप्याड लगायत कागजात साथै छापमा प्रयोग हुने नाम फेर्ने निर्णय गरेको छ । मंगलबार साँझ ६ बजे बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।
हाल मन्त्रालय तथा कार्यालयको बोर्ड तथा लेटरप्याडको सुरुमा प्रदेश सरकार मात्र उल्लेख रहेकामा अबदेखि गण्डकी प्रदेश सरकार राख्ने निर्णय भएको हो । यो निर्णयसँगै प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश, पोखराको स्थानमा अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पोखरा लेखिन्छ । गण्डकी प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयमा प्रयोग भएका बोर्ड र कागजात फेर्नुपर्ने भएको छ ।
योसँगै प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोदविन्दु शर्मालाई नियुक्त गर्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ । सरकारले बिना विभागीय मन्त्री सीता सुन्दासलाई प्रवक्ता तोके पनि मिडिया ब्रिफिङ भने गरेकी छैनन् ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया