गण्डकी प्रदेशकाे सभामुखमा कृष्ण धिताल निर्वाचित

पाेखरा । गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले पछाडि पार्दै धिताल सभामुखमा निर्वाचित भएका हुन् ।
संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार धिताल सभामुखमा पदमा निर्वाचित भएका हुन् । उनलाई एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले पक्षमा मत दिएका थिए । धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत ल्याएकी छन् ।
प्रदेशसभा बैठकमा ५८ जना सांसद सहभागी थिए । धिताललाई सांसद फणिन्द्र देवकोटाले सभामुखको लागि प्रस्ताव पेस गरेका थिए भने एमाले संसदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहाले समर्थन गरेका थिए ।
भिमसेन गाउँपालिका-२ का धिताल गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । स्याङ्जाको वालिङ नगरपालिका-८ कि तिवारी समानुपातिकतर्फ निर्वाचित सांसद हुन् । तिवारीलाई सांसद डिल्लीराम सुवेदीले प्रस्ताव प्रस्तुत गरेका थिए भने टकराज गुरूङले समर्थन गरेका थिए । शनिबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया