गण्डकीकाे मुख्यमन्त्रीमा खगराज अधिकारीकाे दाबी पेश, आजै शपथ

पाेखरा- नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन् ।
सोमबार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष अधिकारीले एमाले, माओवादी केन्द्र, राप्रपा र स्वतन्त्र गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गरेका हुन् । उनकाे शपथ साेमबार नै साढे ४ बजे गर्ने तयारी भएकाे बताइएकाे छ ।
प्रदेश प्रमुख गुरुङले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र दाबी पेश गर्न समय दिएका थिए ।
गण्डकी प्रदेशमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ जना सांसद छन् । भने, स्वतन्त्र १ सांसद राजीव गुरुङले पनि अधिकारीलाई समर्थन गरेका छन् ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया