एमालेका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने माओवादी संसदीय दलको निर्णय

विराटनगर । नेकपा माओवादी प्रदेश १ को संसदीय दलको आइतबार बसेको बैठकले नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको छ ।
प्रदेश १ मा एमालेको नेतृत्वमै सरकार बन्ने भएपछि माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोको अध्यक्षतामा बसेको बैठकले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको हो ।
दलका जेष्ठ सदस्य नारायण बहादुर मगरका अनुसार दलका सदस्यहरुबाट मासिक सात हजार रुपैयाँ लेबी उठाउने समेत निर्णय गरेको जानकारी दिए । यसैबीच एमाले दलका नेता कार्कीले नयाँ गठबन्धनको नेतृत्व गर्दै आजै प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गर्दैछन् ।

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

प्रतिक्रिया