कोसी अस्पतालका अनधिकृत संरचनामा डोजर चलाउँदै नागेश

विराटनगर - विराटनगर महानगरपालिकाले कोसी अस्पताल अगाडि निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ । नक्सा पास नगरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने अभियान महानगरपालिकाले सुरु गरेको हो ।
नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि विराटनगर महानगरापलिका प्रमुख नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनधिकृत संरचना हटाउन थालेको हो ।
कोसी अस्पतालले सटरको नक्सा पास गरेको छैन । साथै महानगरलाई बहाल करसमेत अस्पतालले बुझाएको छैन । विराटनगरलाई यथास्थितिमा राख्न योजनाबद्धरूपमा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए ।
'विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन अभियान थालेका छौँ', उनले भने, 'महानगरको अभियानमा सबैतिरबाट साथ र सहयोग पाएका छौँं ।' उनले महानगर क्षेत्रभित्र निर्माण गरिएका संरचनाको ६० प्रतिशतले नक्सा पास नगरेको र ३० प्रतिशतले माथिल्लो तलाको नक्सा पास नगरेको बताए ।

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

प्रतिक्रिया