५ लाख सापटी रकम नदिएपछि अपहरण, २५ लाख फिराैती माग

जनकपुरधाम । अपहरणमा परेका एक व्यक्तिलाई मधेश प्रदेश प्रहरीले महोत्तरीको पिपरा गाउँपालिकाबाट उद्धार गरेको छ । मधेश प्रदेश प्रहरीको प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वको टोलीले काठमाडौंमा मैन पावर चलाउँदै आएको सिरहाको लहानका ईसर सिद्दकीलाई उद्धार गरेको हो ।
सिद्धकी जनकपुरधामबाट पुस ९ गते अपहरणमा परेका थिए । अपहरणमा संलग्न रहेकाे आराेपमा भारत बिहारका मधुवनी जिल्ला बेतहा पर्साका मोहम्मद मुख्तार शेषलाई समेत प्रहरीले पक्राउ समेत गरेको छ । प्रहरीका अनुसार लेनदेनकाे पुरानाे विवादमा सिद्धकीलाई विदेश पठाई दिनका लागि महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोर्वामा बोलाएर शेषले अपहरण गरेका थिए ।
सिद्धकीले शेषसँग ५ लाख रुपैयाँ सापटी लिएर फिर्ता नगरेपछि शेषले अपहरणको योजना बनाएको मधेश प्रदेश प्रहरीले जनाएको छ । मधेश प्रहरीका प्रवक्ता सुमन तिम्लिसिनाका अनुसार शेषले सिद्धकीलाई अपहरण गरेर फिरौतीका लागि २५ लाख रुपैयाँको माग गरेका थिए । अपहरणमा परे लगत्तै प्रहरी निरिक्षक साहको कमाण्डमा खटेको टोलीले फिरौतीको रकम ९ लाख सहित सिद्धकीलाई उद्धार गर्न सफल भएको हा्े । पक्राउ परेका भारतीय नागरिक शेषलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको उनले बताएका छन् ।

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

प्रतिक्रिया