गण्डकीमा मुख्यमन्त्रीका दावेदार कांग्रेसका पाण्डे भारी मतले विजयी

पोखरा- गोरखा- २ (२) बाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । पाँच दलिय गठबन्धनका उम्मेदवार पाण्डे १६ हजार आठ सय ८२ मत ल्याएर विजयी भएका हुन् ।
पाण्डेले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वसन्त गुरुङले ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । एमालेका गुरुङले ५ हजार ३ सय ६० मत प्राप्त गरे ।
विजयको औपचारिक घोषणा हुन भने बाँकी रहेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । सो क्षेत्रमा कुल २७ हजार चार सय ३० मत खसेको थियो । गोरखा २ (२) बाट विजयी पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीको दावेदार हुन् ।

यी हुन् जसपाको मधेस प्रदेश सांसद

यी हुन् एमालेका कर्णाली प्रदेश सभा समानुपातिक सांसद

माओवादी केन्द्रले छान्यो प्रतिनिधिसभामा यी १४ सांसद (सूचीसहित)

संघमा थ्रेसहोल्ड कटाउन नसकेको एकीकृत समाजवादीलाई समानुपातिकतर्फ प्रदेशमा नौ …

दोलखाको मत गणना अन्तिमतिर : शिवाकोटीले घटाए मतान्तर, कसको मत कति ?

११९५ मतान्तरले माओवादीका कार्की अगाडि लागे, शिवाकोटीको मत कति ?

रोमाञ्चक बन्दै दोलखाको मतगणना, ३० मतले अगाडि लागे एमालेका शिवाकोटी

प्रतिक्रिया