कास्कीमा ३ नमुना मतदान केन्द्र, जहाँ महिला कर्मचारी मात्र खटिँदैछन्

पोखरा- कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले सम्हालेका छन् । जिल्लाका १ सय ५० मतदान स्थलका ३ सय ४४ मतदान केन्द्रमध्ये हरेक क्षेत्रका एउटा मतदान केन्द्रमा महिला कर्मचारीले मतदान प्रक्रिया टुंगाउने जिम्मा पाएका हुन् । जसलाई निर्वाचन अधिकृतको कार्यालयले ‘नमुना मतदान केन्द्र’ भनेको छ । जहाँ जसमा १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ६ सहायक कर्मचारी र ३ जना सहयोगी हुनेछन् ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा प्रत्येक क्षेत्रमा एक/एक वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिला छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वलाई जिम्मा दिइएको हो ।
कास्कीको क्षेत्र १ अन्तर्गत जनप्रकाश मावि मतदान केन्द्रलाई गीता न्यौपानेको टिमले हेर्दैछ । जसका लागि आफ्नो टिम तयार रहेको न्यौपानेले बताइन् । ‘यहाँ मसँगै ८ जना कर्मचारी महिला नै हुनुहुन्छ । स्वयंसेवक पनि मैले महिला नै नियुक्त गरेकी छु,’ उनले भनिन् । यसअघि धनकुटामा पनि महिलामैत्री मतदान केन्द्रको नेतृत्व गरेकाले सबैलाई सिकाउँदै सफलतापूर्वक सम्पन्न गर्नेमा विश्वस्त रहेको उनले बताइन् ।
कास्की क्षेत्र २ अन्तर्गत पार्दी माविको मतदान केन्द्रको नेतृत्वको सरिता रायमाझीले गर्दै छिन् । ‘यसअघि २ पटक मतदान अधिकृत भइसकेको हो । मतदान अधिकृत भने पहिलो पटक हो,’ उनले भनिन्, ‘त्यसैले पनि मलाई गाह्रो केही पनि छैन, तयारी तीव्र भइरहेको छ ।’ उनले पनि यसअघि निर्वाचन अधिकृत भएर काम गरिसकेकाले आफ्नो नेतृत्वको मतदान केन्द्रमा सहज ढंगबाट काम सक्ने विश्वास व्यक्त गरिन् ।
कास्की क्षेत्र ३ अन्तर्गत सामुदायिक भवन बसुन्धरा पार्क मतदान केन्द्रको गीता घिमिरे दोरंगाले नेतृत्व गर्दै छिन् । नमुना मतदान केन्द्रको अवधारणा निकै राम्रो भएको उनले सुनाइन् । महिलालाई दिएको नेतृत्व सफलताका साथ सम्पन्न गराउन कटिबद्ध भएर लाग्ने उनको भनाइ थियो ।
जिल्लामा प्रतिनिधि सभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया