सुदूरपश्चिमका अधिकांश पदाधिकारीले अझै फिर्ता गरेनन् गाडी

कैलाली - सुदूरपश्चिम प्रदेश सभाका अधिकांश पदाधिकारीले अझै पनि गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् । निर्वाचन आयोगले १ असोजमै कार्यकाल सकिएको बताएलगत्तै अहिलेसम्म एक जनाले मात्रै सुविधाका लागि लिएको गाडी फिर्ता गरेका छन् भने बाँकीले आनाकानी गरिरहेका छन् ।
प्रदेशमा सभामुख, उपसभामुखसहित ११ सांसदले गाडी सुविधा लिएका थिए । त्यसमध्ये एमाले प्रमुख सचेतक लीलाधर भट्टले मात्रै फिर्ता गरेका छन् । सभामुख र उपसभामुखको कार्यकाल भने बाँकी नै छ ।
त्यस्तै, ५२ सांसदले ल्यापटप सुविधा पाएकोमा ६ जनाले मात्रै फिर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । ल्यापटप फिर्ता गर्नेमा भट्टसहित वीरमान चौधरी, महेशदत्त जोशी, हर्कबहादुर कुँवर, कृष्णराज सुवेदी र सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा रहेको संसद् सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
सचिवालयका अनुसार सार्वजनिक लेखा समितिका सभापति कुमारीनन्दा बम, अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्कबहादुर कुँवर, सामाजिक विकास समितिका सभापति कुन्ती जोशी र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले पनि गाडी फिर्ता नगरेका सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, माओवादी संसदीय दलका प्रमुख सचेतक अक्कलबहादुर रावल, कांग्रेस प्रमुख सचेतक अम्बिकुमारी थापा र एकीकृत समाजवादीका प्रमुख सचेतक दुर्गाकुमारी कामीले पनि गाडी फिर्ता गरेका छैनन् ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा सदस्यको कार्यकाल कहिलेसम्म मान्ने भन्ने यकिन नभएकाले सुविधा फिर्ता माग्न नसकिएको जानकारी दिए ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया