कैलालीकाे मोहना र खुटिया नदीकाे बाढीमा फसेका ३२ जनाकाे उद्धार

कैलाली- अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका ३२ जनाको उद्धार गरिएको छ ।
धनगढी उपमहानगरपालिका १८ नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा ३२ जना बाढीमा फसेका थिए ।
धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेकाहरूको उद्धार गरिएको छ ।
पहिलो लटमा १६ र दोस्रो लटमा १३ जनाको सकुसलै उद्धार गरेको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक किसन टेरले जानकारी दिए । उनले बाँकी ३ जना भने भारततिर गएको बताए ।
याे पनि
गाईबस्तु चराउन गएका १० जना मोहना नदीको बाढीमा फसे
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया