म्यादी प्रहरीमा लमजुङका १ हजार ७ सय ८६ जनाको निवेदन

लमजुङ- लमजुङमा करिब २ हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि खटाइने म्यादी प्रहरी पदमा जिल्लाका १ हजार ७ सय ८६ जनाको आवेदन परेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार १ हजार ३ सय ४० जना पुरुष र ४ सय ४६ जना महिलाले आवेदन दिएका छन् । भदौ ३० गतेबाट असोज ६ गतेसम्म आवेदन खुलाइएको थियो ।
लमजुङमा जिल्ला प्रहरी कार्यालय लमजुङ, इलाका प्रहरी कार्यालय भोटेओडार, इलाका प्रहरी कार्यालय भोर्लेटार र प्रहरी चौकी तीनपिप्लेबाट आवेदन संकलन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी जगदिश रेग्मीले बताए । उनका अनुसार अन्तिम दिन बिहीबार मात्रै २ सय ८० जनाले आवेदन दिएका छन् ।
पुरुष २ सय २० र महिला ६० जनाले आवेदन दिएको प्रहरीले जनाएको छ ।
म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिने जनाएको छ ।
असोज ७ गते शुक्रबार सम्पर्क मिति तोकिएको छ । छनोट भएका म्यादी प्रहरीको कार्यावधि ४० दिनको हुनेछ । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया