सुदूरपश्चिम प्रदेशका मन्त्रीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कैलाली- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार मन्त्री सोडारीकी श्रीमती गिता सोडारीविरुद्ध अख्तियार आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गिताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका ९ स्थित शिव माविमा गिताले राहत शिक्षकका रूपमा काम गरेकी थिइन् ।
बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो । उनले नेपाल सरकारलाई नोक्सानी पुर्याउने बदनियत राखेर भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
६ महिनापछि घर फर्किए टिंकरवासी : पञ्चायतकालमा नेपाली बाटो, अहिले भारतको भर

थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान

महायज्ञबाट चार करोड ७४ लाख संकलन
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

प्रतिक्रिया